Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

नासाको जेम्स वेब टेलिस्कोपमा किन ठोकिन्छ छुद्र ग्रह ?

नासाको जेम्स वेब टेलिस्कोपमा किन ठोकिन्छ छुद्र ग्रह ?

  • 516
    SHARES
  • नासाको जेम्स वेब टेलिस्कोपमा किन ठोकिन्छ छुद्र ग्रह ?

    एजेन्सी । नासाले मे महिनामा संसारको सबैभन्दा ठूलो र शक्तिशाली स्पेस टेलिस्कोप जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लुएसटी)मा एक क्षुद्रग्रह ठोकिँदा ठूलो क्षति भएको जनाएको छ ।

    यो टेलिस्कोप युरोपेली स्पेस एजेन्सी (ईएसए) र क्यानेडेली अन्तरिक्ष निकाय (सीएसए)को सहकार्यमा नेसनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)ले निर्माण गरेको हो ।

    यो बहुमूल्य प्रविधिबाट बनेको छ । अन्तरिक्षमा यसअघि पहुँच नभएका घटनाक्रम र वस्तुस्थिति निरीक्षण गर्न अन्तरिक्ष टेलिस्कोपमा ठूलो ऐना राखिएको छ ।

    परियोजनाको दीर्घायुलाई लिएर चिन्ता उठाइएको छ । किनकी सन् २०२२ को मेमा छुद्र ग्रह ठोकिँदा पहिले अनुमान गरेभन्दा टेलिस्कोपलाई ठूलो क्षति भएको थियो ।

    स्थापनापछि वेब टेलिस्कोपमा ६ वटा माइक्रोमेटियोराइटहरूले प्रहार गरिसकेका  छन् ।

    त्यस्तै पाँचवटा उल्कापिण्डले टेलिस्कोपमा नगण्य मात्रामा क्षति पुर्याएको र छैटौंले जेडब्लूएसटीलाई केही क्षति पुर्याएको छ ।

    उल्कापिण्डले कुनै एउटा प्यानलमा क्षति पुगेकोले यसले वेब टेलिस्कोपको तस्बीर  लिने क्षमतालाई असर नगर्ने नासाले जनाएकाे छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij