वेबटिभी खबर
काठमाडौं । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो देखिने ९ ग्राम पदार्थसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका-९ घर भएका ३० वर्षीय विजय गुरागाई छन् ।
गत १२ भदौमा चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगास्थित चेकप्वाइन्टमा काँकडभित्तादेखि काठमाडौंतर्फ आइरहेको प्र-०२-०३-००१ ख ०३२९ नम्बरको यात्रुबाहक बसमा सवार उनलाई चेकजाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
ब्राउन सुगर जस्तो देखिने ९ ग्राम पदार्थसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ को कसूरमा काठमाडौं जिल्ला अदालतबाट १० को म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij