Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

गीत

गीत

  • बैशाख २५, २०७८ शनिवार ०८:२२ बजे
  • 765
    SHARES
  • गीत

    कस्तो दिन आयो आज युगौंदेखि साँचेजस्तो 
    उनको एकै मुस्कान हेर्न जुगौंदेखि बाँचेजस्तो 

    images

    अन्तरका सबैकुरा आँखा आफैं खोलिदिन्छ
    धड्कनले दुई मुटुका एउटै कुरा बोलिदिन्छ
    आभास हुन्छ आफ्नै अघि जूनतारा नाचेजस्तो
    उनको एकै मुस्कान हेर्न जुगौंदेखि बाँचेजस्तो 

    लागिरै’छ उनैलाई हरेक पल हेरिरहूँ
    जागिररै’छ रहर पनि पीरतिले बेरिरहूँ 
    उनको रूपरङ्ग हेरी धर्ती आफैं हाँसेजस्तो 
    उनको एकै मुस्कान हेर्न जुगौंदेखि बाँचेजस्तो 

  • सम्बन्धित विषय:

  • # डा.विष्णु केसी

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology