Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

अहँ पटक्कै सुहाउँदैन [कविता]

अहँ पटक्कै सुहाउँदैन [कविता]

  • बैशाख २५, २०७८ शनिवार ०९:०८ बजे
  • 1.1K
    SHARES
  • अहँ पटक्कै सुहाउँदैन [कविता]

    अहँ पटक्कै सुहाउँदैन,
    जब गर्भमै छोरीको हत्या गर्नेहरू
    महिला अधिकार खोज्छन्,
    चटक्कै बिर्सिएर
    आफ्ना कर्तव्यहरूलाई
    ठूला कुरा गर्छन्
    न्वारानदेखिको बल निकालेर । 
    जो स्वयम् एक परजीवी भएर जीउँछ
    निमुखाका नाममा महल ठड्याउँछ 
    हो, पटक्कै सुहाउँदैन तिमीले
    महिला सशक्तीकरण ओकलेको ।

    images

    त्यो सुदूर गाउँमा गएर सिक्नु तिमीले
    कमली दिदीबाट
    महिला सशक्तीकरण
    जो सबेरै उठेर 
    भैंसी दुहुन्छिन्
    र दुध बेचेको पैसाले
    सन्तानलाई 
    राम्रो स्कूल पढाउँछिन् ।
    तराईकी फगुनीया दिदीबाट 
    सिक्नु तिमीले महिला सशक्तीकरण
    जो कुबिन्डोको अचार बेचेर
    श्रीमानको उपचार गर्छिन् । 

    तिमीले चिल्ला गाडी चढेर,
    अग्ला महलमा बसेर,
    घरमा काम गर्न राखेकी
    बालिकाले पकाएको खाना खाएर,
    पाँच तारेमा गई 
    महिला सशक्तीकरण ओकेलेको
    अँह, अलिकति पनि सुहाउँदैन । 
    हाम्रा गाउँमा प्रशस्त छन् पराल
    जसबाट चकटी बुन्न सिकाइयोस् ।
    हाम्रा खेतहरू अति नै उर्बर छन्
    जसमा व्यावसायिक कृषि गर्न लगाइयोस् ।
    लगानी गर्न कम ब्याजदरको ऋण,
    उपलब्ध गराइयोस्,
    कृषिका लागि 
    वैज्ञानिक तरिका सिकाइयोस्,
    अनि हेर्नु तिमीले
    कसरी सशक्त बन्दै जानेछ गाउँहरू
    कसरी सम्वृृद्ध हुनेछ देश । 

    तर तिमी त्यसो गर्न चाहँदैनौ
    किनकि, 
    जुन मुद्दा उठाएर 
    तिमी झन् झन् मोटाउँदै गएका छौ
    त्यो समस्या नै रहेन भने
    तिमी फेरि परजीवि बन्नेछौ 

    त्यसैले तिमीलाई पनि 
    मेरो अनुरोध
    पहिले आफु सशक्त बन । 
    महिला सशक्तीकरण 
    आफैं हुनेछ । 

  • सम्बन्धित विषय:

  • # रेनुका आचार्य

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology