Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

जसपाद्वारा बाँके क्षेत्र नं. २ बाट मोहम्मद इस्तियाक राईको एकल नाम सिफारिस

जसपाद्वारा बाँके क्षेत्र नं. २ बाट मोहम्मद इस्तियाक राईको एकल नाम सिफारिस

  • 788
    SHARES
  • जसपाद्वारा बाँके क्षेत्र नं. २ बाट मोहम्मद इस्तियाक राईको एकल नाम सिफारिस

    बाँके । जनता समाजवादी पार्टी (जसपा)ले बाँके क्षेत्र नम्बर २ बाट संघिय सांसदका लागि मोहम्मद इस्तियाक राईको एकल नाम सिफारिस गरेको छ ।

    आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि (जसपा)ले क्षेत्र नम्बर २ बाट भौतिक पुर्वाधार तथा यातायात मन्त्री राईको एकल नाम सिफारिस गरेको हो ।

    २०७४ सालको निर्वाचनमा राई बाम गठबन्धन र कांग्रेस राप्रपा सहितको दुबै गठबन्धनका उम्मेदवारहरूलाई जितेर सोही क्षेत्रबाट प्रतिनिधी सभामा निर्वाचित भएका थिए ।

    यस्तै संघीय संसदका लागि क्षेत्र नं.२ बाट मोहम्मद इस्तियाक राई, क्षेत्र नं.१ बाट रामकुमार यादवको एकल नाम सिफारिस गरेको छ । क्षेत्र नं.३ बाट प्रमोद यादव र मनोज कुमार दिक्षितको नाम सिफारीस गरेको राष्ट्रिय भूमि आयोग बाँकेका अध्यक्ष श्रवण कुमार यादवले बताए ।

    प्रदेश सभा १ (क) बाट अजयकुमार श्रीवास्तव र मोहम्मद अलि खाँ, प्रदेश सभा १ (ख) बाट लालबहादुर शाहको नाम सिफारिस गरिएको छ । त्यस्तै प्रदेश सभा २ (क) बाट श्रवणकुमार यादव र भण्डारी लाल यादव, प्रदेश सभा २ (ख) बाट राजन रानामगर, माजिर अलि शेख, दुर्गेश गुप्ता र बुद्धिसागर सुवेदीको नाम सिफारिस गरेको छ ।

    प्रदेश सभा ३ (क) बाट उदयराज यादव, बलराम यादव तथा प्रदेश सभा ३ (ख) बाट विजय पाठक, राजेश बर्मा र प्रविण बर्माको नाम सिफारिस गरेको हो । बिहीबार भएका सबै सिफारिस क्षेत्रबाट भएका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij