Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

राष्ट्रियसभाबाट पनि नागरिकता विधेयक विना संशोधन पारित

राष्ट्रियसभाबाट पनि नागरिकता विधेयक विना संशोधन पारित

  • 328
    SHARES
  • राष्ट्रियसभाबाट पनि नागरिकता विधेयक विना संशोधन पारित

    काठमाडौं । नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रियसभाबाट पुनः पारित भएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि पठाएको नागरिकता विधेयक राष्ट्रियसभाको भदौ १७ गतेको बैठकले पुनः पारित गरेको हो । 

    बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९ प्रस्तुत रूपमा पुनः पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बहुमतको आधारमा विधेयक पारित भएको घोषणा गरेका थिए ।

    विधेयक प्रतिनिधिसभाले यसअघि नै पारित गरिसकेको छ । राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देश सहित पुनर्विचारका लागि पठाएको विधेयक संसद्को दुवै सदनले हुबहु पारित गरेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij