Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

प्रतिनिधिसभाका लागि लमजुङमा कांग्रेसबाट १२ जना सिफारिस

प्रतिनिधिसभाका लागि लमजुङमा कांग्रेसबाट १२ जना सिफारिस

  • 451
    SHARES
  • प्रतिनिधिसभाका लागि लमजुङमा कांग्रेसबाट १२ जना सिफारिस

    लमजुङ । नेपाली कांग्रेस लमजुङले प्रतिनिधिसभा निर्वाचनका लागि १२ जनाको नाम सिफारिस गरेको छ।

    शुक्रबार बसेको जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभाको उम्मेदवारका लागि प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ ५ जना गरी १२ जनाको नाम सिफारिस गरेको हो । 

    जिल्ला सभापति डा.टकराज गुरुङ, पूर्व सभापति तुलसीनारायण श्रेष्ठ, संविधानसभा सदस्य चन्द्रबहादुर कुंवर, नेपाल सांस्कृतिक महासंघका अध्यक्ष तीर्थबहादुर थापा, नेताहरू विष्णुप्रसाद धिताल, यमबहादुर गुरुङ र डा. बासुदेव गिरी सिफारिस भएका हुन् । 

    यस्तै समानुपातिकतर्फ कोपिला विक, कृष्णमाया विक, तिरकाशी गुरुङ, शुभनाथ मिश्र र गर्जबहादुर गुरुङको नाम सिफारिस भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij