Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

कांग्रेस लमजुङबाट प्रतिनिधि सभाका लागि १२ जना सिफारिस

कांग्रेस लमजुङबाट प्रतिनिधि सभाका लागि १२ जना सिफारिस

  • 369
    SHARES
  • कांग्रेस लमजुङबाट प्रतिनिधि सभाका लागि १२ जना सिफारिस

    काठमाडौं । नेपाली कांग्रेस लमजुङले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १२ जनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ ।

    प्रतिनिधिसभाको उम्मेदवारका लागि प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ ५ जनाको नाम सिफारिस गरेको हो ।

    जिल्ला सभापति डा.टकराज गुरुङ, पूर्वसभापति तुलसीनारायण श्रेष्ठ, संविधानसभा सदस्य चन्द्रबहादुर कुंवर, नेपाल सांस्कृतिक महासंघका अध्यक्ष तीर्थबहादुर थापा, नेताहरू विष्णुप्रसाद धिताल, यमबहादुर गुरुङ र डा.बासुदेव गिरि सिफारिस भएका हुन् ।

    त्यस्तै समानुपातिकतर्फ कोपिला विक, कृष्णमाया विक, तिरकाशी गुरूङ, शुभनाथ मिश्र र गर्जबहादुर गुरुङको नाम सिफारिस भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij