Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

पार्टीले टिकट दिनेमा ढुक्क विश्वस्त छु : उपसभामुख भुसाल

पार्टीले टिकट दिनेमा ढुक्क विश्वस्त छु : उपसभामुख भुसाल

  • 426
    SHARES
  • पार्टीले टिकट दिनेमा ढुक्क विश्वस्त छु : उपसभामुख भुसाल

    फाइल तस्बिर

    काठमाडौं । उपसभामुख एवं नेपाली कांग्रेस नेतृ पुष्पा भुसालले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी टिक दिनेमा आफू विश्वस्त रहेकाे बताएकी छिन् ।

    उपसभामुखमा निर्वाचित भएपछि पहिलोपटक गृहजिल्ला पुगेकी भुसालले  जिल्लाबाट प्रत्यक्ष निर्वाचनको लागि आफूले इच्छा जाहेर गरेको र पार्टीले टिकट दिनेमा पनि विश्वस्त रहेको बताएकी हुन् ।

    युवाहरूलाई अवसर दिने बहानामा पुरानालाई निषेधको राजनीति गरिनु नहुने भुसालले भनाइ छ ।

    उनले भनिन्, ‘नयाँलाई ठाउँ दिनुपर्छ भन्दाभन्दै पुरानालाई निषेध गर्नुहुदैन । नयाँले अवसर पाउनुपर्छ भन्दैगर्दा पुरानाले राजनीतिक इच्छा राख्नु स्वाभाविक हो । उनीहरूको अधिकार कुन्ठित गरिनुहुँदैन ।’

    टिकट पाउने नपाउने पार्टीको हातमा रहेको भन्दै उपसभामुख  भुसालले टिकट पाउनेमा आफु विश्वस्त रहेको बताइन

    उनले भनिन्, ‘पार्टीले टिकट दिनेमा विश्वस्त छु । दिएन भने जसले टिकट पाउनुहुन्छ उहाँलाई सहयोग गरेर अगाडी बढ्न तयार छु ।’

    नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले भुसालको सम्मानमा आयोजना गरेको कार्यक्रममा नेतृ भुसालले गठबन्धनले सिटको बाँडफाँडको अन्तिम टुंगो लगाउने बताइन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij