वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल मकवानपुरले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि पार्टीका केन्द्रीय अध्यक्ष कमल थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
थापालाई उनको गृह क्षेत्र मकवानपुरको क्षेत्र नम्बर १ बाट सर्वसम्मत एकल उम्मेदवार सिफारिस गरेको राप्रपा नेपाल मकवानपुरले जनाएको छ ।
राप्रपा मकवानपुरको शनिबार हेटौँडामा आयोजना गरेको बैठकले पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापालाई सर्वसम्वत उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले बताए ।
जिल्लाको २ नम्बर संघीय क्षेत्र तथा प्रदेशसभा क्षेत्रमा भने अर्को बैठकले नाम सिफारिस गर्ने छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij