वेबटिभी खबर
काठमाडौं । नागरिकता विधेयक पुनः राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएकोमा खारेजकाे माग गर्दै नागरिक समाजले दबाबमूलक प्रदर्शन गरेको छ ।
स्वतन्त्र नागरिकले विभिन्न प्लेकार्डसहित नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अघिप्रदर्शन गरेका हुन् ।
उनीहरुले आम नागरिकलाई नागरिकता विधेयक खारेजीका लागि सहयोग गर्न अपीलसमेत गरेका छन् ।
मुलुक बचाउनु प्रत्येक नेपाली नागरिकको कर्तव्य हो, कर्तव्य बोध गरौं,दल, राजनैतिक विचार र आस्था भन्दामाथि उठी विशुद्ध नागरिकको रूपमा एकजुट हौं लगायतका नारा उल्लेखित प्लेकार्ड लिएर प्रर्दशन गरिएको छ ।





Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij