Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

मुगुमा पहिलो पटक पाठेघरको शल्यक्रिया

मुगुमा पहिलो पटक पाठेघरको शल्यक्रिया

  • 358
    SHARES
  • मुगुमा पहिलो पटक पाठेघरको शल्यक्रिया

    मुगु । मुगु जिल्ला अस्पतालमा पहिलो पटक पाठेघरको सफल शल्यक्रिया गरिएको छ ।

    जटिल प्रकारको पाठेघर खस्ने समस्या भई अस्पताल आएकी सोरु गाउँपालिका-६ की ७० वर्षीया मोतीउ रोकायाको विशेषज्ञ डाक्टर सुरेन्द्र शाक्यको नेतृत्वमा खटिएको टोलीले सफल शल्यक्रिया गरेको स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले बताए ।

    उक्त शल्यक्रियामा चिकित्सक अर्जुन भाम, स्टाफ नर्स सुनीता वली र सिनियर अनमी रामदेवी केसीलगायतको चिकित्सक टोलीले रोकायाको पाठेघरको शल्यक्रिया गरेको हो ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले मुगु अस्पतालमा विशेषज्ञ चिकित्सक सुरेन्द्र शाक्यलाई पठाएपछि समान्यदेखि जटिल शल्यक्रिया अस्पतालमै हुन थालेको र पछिल्लो समय मुगुका बिरामीलाई बाहिरी जिल्ला रिफर गरिएको छैन् ।

    विगतमा सामान्य शल्यक्रियादेखि जटिल खालका बिरामी सुर्खेतदेखि नेपालगन्जसम्म जाँदा बिरामीहरूको उपचारमै लाखौँ रकम खर्च हुने गरेको थियो । तर, अहिले जिल्ला अस्पतालले विशेषज्ञ डाक्टर पाएपछि सहुलियत शुल्कमै बिरामीले शल्यक्रिया सेवा लँदै आएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij