Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

अस्पताललाई अक्सिजन नदिन निर्देशन

अस्पताललाई अक्सिजन नदिन निर्देशन

  • 515
    SHARES
  • अस्पताललाई अक्सिजन नदिन निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सिफारिस विना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई अक्सिजन नदिन अक्सिजन उद्योगहरुलाई निर्देशन दिएकोे छ ।

    स्वास्थ्य तथा मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले १० वटा अक्सिजन उद्योगलाई परिपत्र गर्दै अस्पतालहरुलाई मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन दिन निदेशन दिएको हो ।

    कोरोना संक्रमितलाई अक्सिजन आवश्यक परेको सन्दर्भमा विक्री वितरणलाई व्यवस्थित गर्न यो निर्णय गरिएको पत्रमा उल्लेख गरिएको छ ।

    अस्पतालमा भर्ना भएकामध्ये ८० प्रतिशत बढी बिरामीलाई अक्सिजन सपोर्ट दिनु परेको बताउँदै मन्त्रालयले यो निर्णय गरेको हो । 

  • सम्बन्धित विषय:

  • # अक्सिजन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij