Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

भारतीय सेना प्रमुख पाण्डेद्वारा जंगी अड्डामा सम्मान निरीक्षण

भारतीय सेना प्रमुख पाण्डेद्वारा जंगी अड्डामा सम्मान निरीक्षण

  • 442
    SHARES
  • भारतीय सेना प्रमुख पाण्डेद्वारा जंगी अड्डामा सम्मान निरीक्षण

    काठमाडौं । भारतीय सेना प्रमुख जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेका छन् ।

    प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय नेपाल भ्रमणमा रहेका सेना प्रमुख पाण्डेको सम्मानमा सैनिक मुख्यालय जंगी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको हो ।

    सो अवसरमा उनले जंगी अड्डा मूल भवन परिसरमा वृक्षरोपण गरे । यसअघि उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

    प्रधानसेनापति शर्मा र उनीबीच अहिले भेटवार्ता भइरहेको छ । केही बेरपछि सेना प्रमुख पाण्डेले नेपाली सेनालाई सहयोग सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय सेना प्रमुख पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने छन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । सेनाप्रमुख पाण्डे नेपाल भ्रमणका लागि आइतबार नेपाल आएका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij