Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

इसीडी शिक्षक, विद्यालय कर्मचारी र सामुदायिक केन्द्र परिचालकको तलब ताेकियाे, माग फाराम पेश गर्न पत्र

इसीडी शिक्षक, विद्यालय कर्मचारी र सामुदायिक केन्द्र परिचालकको तलब ताेकियाे, माग फाराम पेश गर्न पत्र

  • 15.8K
    SHARES
  • इसीडी शिक्षक, विद्यालय कर्मचारी र सामुदायिक केन्द्र परिचालकको तलब ताेकियाे, माग फाराम पेश गर्न पत्र

    काठमाडौं । चितवन जिल्लाको मध्यविन्दु नगरपालिकाले विद्यालय कर्मचारी, प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र सामुदायिक सिकाई केन्द्र परिचालकको तलबका लागि माग फाराम पेश गर्न सामुदायिक विद्यालयलाई पत्र पठाएको छ ।

    images

    नगर कार्यपालिकाको भदौ १७ गते बसेको बैठकको निर्णयबाट तलबबारे निर्णय गरी माग फाराम पेश गर्न नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयलाई पत्र पठाइएको हो ।

    नगरपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को स्वीकृत बजेट शीर्षकबाट विद्यालय सहयोगीलाई ७ हजार, विद्यालय सहायक (लेखापाल) लाई ४५ सय, सामुदायिक सिकाई केन्द्र परिचालकलाई ८ हजार र इसीडी शिक्षकलाई मासिक ८ हजार रूपैयाँ तलब निर्धारण गरिएको छ ।

    संघीय सरकारले पनि विद्यालय कर्मचारी, इसीडी शिक्षक र सामुदायिक सिकाई केन्द्र परिचालकलाई तलब पठाउँछ । 

    जसअनुसार विद्यालय सहयोगीलाई ८ हजार, लेखापाललाई १३ हजार ५०० सय, सामुदायिक परिचालकलाई ८ हजार र इसीडी शिक्षकलाई १० हजार रूपैयाँ मासिक तलब पठाउँछ ।

    संघीय सरकार र स्थानीय सरकारले एकमुष्ट उपलब्ध गराउँदा मध्यविन्दु नगरपालिकाअन्तर्गतका विद्यालय सहयोगीले १५ हजार, लेखापालले १८ हजार, सामुदायिक केन्द्र परिचालकले १६ हजार र इसीडी शिक्षकले १८ हजार मासिक रूपमा तलब पाउँछन् ।

    302812572_3982792998611513_6409117921552123616_n.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology