Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

अलपत्र अवस्थामा तरकारी संकलन केन्द्र

अलपत्र अवस्थामा तरकारी संकलन केन्द्र

  • 334
    SHARES
  • अलपत्र अवस्थामा तरकारी संकलन केन्द्र

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं-१२ मा रहेको तरकारी संंकलन केन्द्र निर्माण भएको सात वर्ष बितिसक्दा पनि प्रयोगमा आउन सकेको छैन् ।

    युएसएआइडीको सहयोग र टुकी संघ सुनकोसीको सहकार्यमा सञ्चालन भएको सबल कार्यक्रम र सप्रोस नेपालको ३२ लाखको संयुक्त लगानीमा बनेको तरकारी तथा चिस्यान केन्द्र प्रयोगविहीन बनेका हुन् ।

    किसानले फलाएको उत्पादनलाई संकलन गर्ने र बजारसम्म पुर्‍याउने, बेमौसमी तरकारी तथा फलफूललाई चिस्यान केन्द्रमा सुरक्षित राख्ने उद्देश्य राखिएको थियो तर उद्देश्यअनुसार कुनै पनि काम अघि बढ्न नसकेको स्थानीय कृषक प्रमोद दनुवारले बताए ।

    यस्तै जुगल गाउँपालिकाको पाङ्ताङमा रहेको जुगल कृषि संकलन केन्द्र पनि प्रयोगविहीन बनेको छ । गाउँपालिकाको ५ लाख र युएनडिपीको १ लाख २० हजारसहित ६ लाख २० हजार लागतमा निर्माण भएको संकलन केन्द्र प्रयोगमा नआउँदा कृषकले उत्पादन गरेका तरकारी बारीबाटै बिक्री गर्नुपर्ने बाध्यता रहेको स्थानीय जेपी सिलवालले जानकारी दिए ।

    २०७७ मा निर्माण गरिएको कृषि भवन प्रयोगमा आउन नसक्दा झाडीमा परिणत भएको कृषक सुशान्त लामिछानेले बताए । सरकारी तथा गैरसरकारी संस्थाले उपलब्ध गराउने अनुदानको रकमका लागि मात्रै ध्यानमा राखेर निर्माण गरिएको यी तरकारी संकलन केन्द्र एउटा उदाहरण बनेको छ ।

    जिल्लाको नवलपुर र ज्यामिरेमा निर्माण गरिएको संकलन केन्द्र पनि प्रयोगमा आउन सकेका छैनन् । जिल्लामा तरकारी संकलन केन्द्र नहुँदा उत्पादन गरेको तरकारीले उचित बजार नपाएको कृषकको गुनासो छ ।

    कृषकले उत्पादन गरेको तरकारी डोकामा बोकेर डुलाउँदै बिक्री गर्नुपर्ने बाध्यता रहेको छ तर निर्माण भएको तरकारी संकलन केन्द्र प्रयोगमा नआउँदा सास्ती खेप्नुपरेको ज्यामिरेका बालमुकुन्द अधिकारीले गुनासो गरे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij