वेबटिभी खबर
काभ्रे । धुलिखेल नगरपालिकामा स्वास्थय शिविर संचालन गरिएको छ ।
जीवीत फाउन्डेसनको आयोजना, धुलिखेल नगरपालिकाको समन्वय तथा बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा धुलिखेल नगरपालिकाको १२ वटा वडाको १३ वटा स्वास्थ्य चौकिहरूमा निशुल्क महिला, स्त्रीरोग तथा बाझोपन सम्बिन्धी शिविर संचालन गरिएको हो ।
शिविरबाट कुल ४ सय ४५ जना लाभान्वित भएको जिवित फाउण्डेशनका उपाध्यक्ष शिव पौडेलले बताए । शिविरबाट सेवा लिएकाहरू मध्ये १ सय १५ जनाको ट्याप स्नेयर टेष्ट गरिएको थियो भने ८३ जनामा संक्रमण देखिएको थियो ।
संक्रमितको उपचारको लागि अस्पतालसँग समन्वय गरिएको छ । साउन ४ गते बाट सुरु भएको शिविर भाद्र ९ गते सम्म संचालन भएको हो । धुलिखेल नगरका उप प्रमुख निराजन जंगमले शिविरबाट नगरका महिलाहरू लाभान्वित भएको बताउँदै आगामी दिनमा यो अभियानलाई निरन्तरता दिने बताए ।
संचालनमा आएको छोटो समयमानै जिवित फाउण्डेशनले स्वास्थ्य, शिक्षा लगाएतको क्षेत्रमा सामाजिक कार्यहरू गर्दै आईरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij