Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

ओलीलाई विश्वासको मत माग्न देउवा निवास पुगे ठाकुर

ओलीलाई विश्वासको मत माग्न देउवा निवास पुगे ठाकुर

  • 1.1K
    SHARES
  • ओलीलाई विश्वासको मत माग्न देउवा निवास पुगे ठाकुर

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् । ठाकुर आज विहानै देउवाको निवास पुगेका हुन् । ठाकुरले आफू पक्षका नेता राजेन्द्र महतोलाई पनि साथै लगेका छन् । 

    भोलि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदैछन् । ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको कांग्रेससँग जसपाका ठाकुर पक्षले देउवालाई विश्वासको मत दिन आग्रह गरेको बुढानिलकण्ठ स्रोतको भनाइ छ । 

    जसपाका ठाकुर पक्षले  प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने बुझिएको छ । सोही कारण जसपा विभाजनको संघारमा छ । जसपाकै उपेन्द्र यादव र डा.बाबुराम भट्टराई खेमा भने ओलीलाई विश्वासको मत दिन नहुने पक्षमा छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology