Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

मेराे भनाइ : हामी इसीडी शिक्षक एकढिक्का हुनुकाे विकल्प छैन

मेराे भनाइ : हामी इसीडी शिक्षक एकढिक्का हुनुकाे विकल्प छैन

  • 2.7K
    SHARES
  • मेराे भनाइ : हामी इसीडी शिक्षक एकढिक्का हुनुकाे विकल्प छैन

    प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) जो जहाँ भए पनि पेसा र समस्या एउटै हो । यसैले गर्दा आज एउटै परिवार बन्न पुगेका छौं । 

    images

    एक्लै हिँडेर गन्तव्यमा पुन्न गाह्रो हुन्छ । साथ भयो सजिलै र छिट्टै गन्तव्यमा पुग्न सकिन्छ । त्यसैले हामी सबै मिलेर सबैलाई साथमा लिएर अगाडि बढ्नुको विकल्प छैन ।

    हिजो हामी विद्यालय कर्मचारीको समान हकहितका लागि बोल्दै हिँड्यौं । तर आज के भयो ? माग एउटै हुँदाहुँदै हामीलाई कुनै जानकारी नगरिकन आन्दोलनमा गएका छन् । अब हामी पनि जुट्न र जुटाउन तयार हुनुपर्ने देखेको छु ।

    इसीडी शिक्षक साथीहरूलाई के भन्न चाहन्छु भने हिजो तपाईं हामी को हो र कहाँ थियौं भनेर छुट्टाउन गाह्रो थियो । तर आज खोजी खोजी एउटै छानामुनी राख्ने को हो ? र, हामी पीडित वर्गलाई यहाँसम्म हौसलाका साथ आफ्ना अधिकार खोज्न सक्ने आँट कसले दियो र बनायो  ? यति मात्र बुझ्न र चिन्न आवश्यक देखिन्छ ।

    कतिपय साथीहरू व्यक्तिगत स्वार्थ लिएर हिँडेको देखिन्छ । त्यो गलत छ । भ्रममा नफसौं । आज अर्काले बालेको दियोमा तेल थप्न सक्ने र जानेकाहरूले हिजो किन त्यही दियो तयार गर्न सकेनन् त ? यो बुझ्न जरुरी छ ।

    हामीले यति मात्र बुझ्न आवश्यक देखिन्छ कि जसले जन्मायो उसकै पछि लाग्न सक्यौं भने भोको रहनु पर्दैन । तर मान्छे त हो भनेर सबैको पछि लाग्न थालियो भने सदाका लागि भोका नै हुनेछौं ।

    आज तपाईं हामीलाई यहाँसम्म घुमाउनु र अल्झाउनुको कारण पनि यही नै हो ।  त्यसैले साथीहरू होसियारीका साथ अगाडि बढ्नुपर्ने देखिन्छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology