Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

प्रतिनिधिसभा उम्मेदवारका लागि लमजुङबाट ८ महिलाको नाम सिफारिस

प्रतिनिधिसभा उम्मेदवारका लागि लमजुङबाट ८ महिलाको नाम सिफारिस

  • 332
    SHARES
  • प्रतिनिधिसभा उम्मेदवारका लागि लमजुङबाट ८ महिलाको नाम सिफारिस

    काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि लमजुङबाट ८ जना महिलाको नाम सिफारिस भएको छ ।

    नेपाली कांग्रेसबाट तीनजना, नेकपा एमालेबाट दुईजना, माओवादी केन्द्रबाट दुईजना र नेपाल समाजवादी पार्टीबाट एकजना महिलाको नाम प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएको हो ।

    नेकपा एमालेबाट समानुपातिकतर्फ केन्द्रीय सदस्य, लमजुङ सहइन्चार्ज एवं संविधान सभा सदस्य टुकाभद्र हमाल र केन्द्रीय सदस्य कल्पना थापाको नाम सिफारिस भएको छ ।

    माओवादी केन्द्रबाट समानुपातिकमा गण्डकी प्रदेशसभा सदस्य, केन्द्रीय सदस्य, गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङ र उर्मिला माझीको नाम सिफारिस भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij