Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

निलम्बित प्रधानन्यायाधीश जबराको मानसिक स्वास्थ्य जाँच गर्न सांसद गजेन्द्र महतकाे माग 

निलम्बित प्रधानन्यायाधीश जबराको मानसिक स्वास्थ्य जाँच गर्न सांसद गजेन्द्र महतकाे माग 

  • 363
    SHARES
  • निलम्बित प्रधानन्यायाधीश जबराको मानसिक स्वास्थ्य जाँच गर्न सांसद गजेन्द्र महतकाे माग 

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मानसिक स्वास्थ्य जाँच गर्न माग गरेका छन् ।

    मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै महतले राणाले बयानका क्रममा शपथ खाँदाको अवस्थालाई बेवास्ता गरेको आरोप लगाए ।

    ‘न्यायलयका बोझ सावित भइसकेका व्यक्ति चोलेन्द्रले महाभियोगमाथि बयान दिँदै गर्दा पद र गोपनियताको शपथ खाँदाको अवस्थालाई बेवास्ता गर्दै पूर्वाग्रही ढंगबाट भनौँ वा आवेगमा आएर भनौँ वा स्मरण शक्ति गुमाएर, मर्यादाविपरीत गैर–जिम्मेवार ढंगबाट विषय र प्रसंगभन्दा बाहिर गएर चरित्रहत्या गर्ने, गालीगलाेज गर्ने, कसैको जयजयकार गर्ने गर्ने गरेको’ महतको भनाइ थियो ।

    महतले महाभियोगको ऐन २०५९ को दफा ७ र ८ मा यस्ता हर्कत गर्नेमाथि विशेषज्ञ चिकित्सकबाट मानसिक स्वास्थ्य जाँच गर्न सकिने प्रष्ट उल्लेख भएको बताए ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij