Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

काठमाडौं उपत्यकाबाट लागूऔषधसहित १५ जना पक्राउ

काठमाडौं उपत्यकाबाट लागूऔषधसहित १५ जना पक्राउ

  • 327
    SHARES
  • काठमाडौं उपत्यकाबाट लागूऔषधसहित १५ जना पक्राउ

    काठमाडौं । काठमाडौं उपत्यकाबाट प्रतिबन्धित लागूऔषधसहित प्रहरीले पन्ध्र जनालाई पक्राउ गरि मंगलबार सार्वजनिक गरेको छ ।

    लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उपत्यकाको विभिन्न स्थानबाट लागूऔषधसहित पक्राउ परेकालाई आज सार्वजनिक गरेको हो ।

    विभिन्न व्यक्तिले लागूऔषध एम्पुल खरिदको लागि धरौटी राखेको विभिन्न कम्पनीको मोबाइल १७, घडी सात र गितार चार थानसमेत प्रहरीले बरामद गरेको छ ।

    भदौ १६ गतेदेखि भदौ २० गतेको पाँच दिनभित्र ब्यूरोको टोलीले उपत्यकाबाट खैरो हेरोइन २८७ ग्राम, दुई सय ५२ एम्पुल र दुई किलो गाँजासहित १५ जनालाई पक्राउ गरेको ब्यूरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विकास खनालले बताए ।

    खनालका अनुसार प्रतिबन्धित लागुऔषधको बजार मूल्य २९ लाख ९९ हजार चार सय रहेको छ ।

    अवैध लागूऔषधसहित कारोबारमा संलग्न रहेको आधारमा पक्राउ पर्नेमा ललितपुर भोलाखेल च्यासलका ३२ वर्षीय सञ्जय कपाली, रामेछाप फुलासीका २७ वर्षीय कुमार तामाङ, ललितपुर दुपाटका २९ वर्षीय अनिस महर्जन, ललितपुर भैँसेपाटीका ३३ वर्षीय प्रताप कार्कीसहित १५ जना रहेको प्रहरीले जानकारी दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij