Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

सरकारले चुनावलाई प्रभावित पार्नेगरी कर्मचारी सरूवा गरेको एमालेकाे आरोप

सरकारले चुनावलाई प्रभावित पार्नेगरी कर्मचारी सरूवा गरेको एमालेकाे आरोप

  • 314
    SHARES
  • सरकारले चुनावलाई प्रभावित पार्नेगरी कर्मचारी सरूवा गरेको एमालेकाे आरोप

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आसन्न निर्वाचनलाई प्रभावित गर्नेगरी सरकारले काम गरेको आरोप लगाएको छ ।

    images

    बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेकत विशाल भट्टराईले ४ मंसिरमा हुने निर्वाचनलाई प्रभावित गर्नेगरी सरकारले काम गरेको आरोप लगाएका हुन् ।

    निर्वाचनलाई प्रभावित गर्नेगरी कर्मचारी सरूवा गरेको, विधेयक ल्याएको, विवेकको प्रयोग नगरी बहुमतको बलमा पारित गरेको आरोप लगाएका उनले सरकारलाई तत्काल भइसकेका सरूवा बदर गर्न र नयाँ सरूवा, नियुक्ति नगर्न चेतावनी दिए ।

    काम चलाउ सरकारको हैसियतमा रहेका सरकारले दीर्घकालीन महत्वका निर्णय गरेको भन्दै उनले जथाभावी, मनलाग्दी, निर्वाचन प्रभावित पार्नेगरी सरकारले छानिछानी प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत पठाएको आरोप लगाए ।

    राजनीतिक आस्थाका आधारमा सरकारबाट हुने विभेदविरूद्ध एमाले उत्रिने उनको चेतावनी छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology