Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि विकास समितिमा पठाइयो

मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि विकास समितिमा पठाइयो

  • 329
    SHARES
  • मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि विकास समितिमा पठाइयो

    काठमाडौं । प्रतिनिधिसभाले नेपाल मिडिया काउन्सिल विधेयक–२०७६ विकास तथा प्रविधि समितिमा पठाएको छ ।

    बुधबार बसेको प्रतिनिधिसभा बैठकले मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि विकास तथा प्रविधि समितिमा पठाएको हो ।

    विधेयकमा केही पत्रकारसम्बन्धी विवादास्पद प्रावधान रहेकाले संशोधन गर्न नेपाल पत्रकार महासंघसहित रोकारवालाहरूले सरकारको ध्यानाकर्षण गर्दै आएका थिए ।

    प्रमुख प्रतिपक्षी दल एमालेले पनि मिडिया काउन्सिल विधेयकको प्रावधानप्रति आपत्ति जनाएको थियो ।

    नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँग सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिडिया काउन्सिल विधेयकमा रहेका विवादास्पद प्रावधान सच्याउने प्रतिबद्धतासमेत जनाएका थिए ।

    सोही कारण आजको प्रतिनिधिसभा बैठकले विधेयकलाई फेरि विकास तथा प्रविधि समितिमा पठाएको हो ।

    प्रतिनिधि सभाको अर्को बैठक २५ भदौ शनिवार दिँउसो १ बजे बस्नेछ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij