Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

कालीमाटी तरकारी बजारको कारोबारमा ५० प्रतिशतले कमी

कालीमाटी तरकारी बजारको कारोबारमा ५० प्रतिशतले कमी

  • 609
    SHARES
  • कालीमाटी तरकारी बजारको कारोबारमा ५० प्रतिशतले कमी

     काठमाडौं । कालीमाटी तरकारी बजारको कारोबार ५० प्रतिशतले घटेको छ। जारी निषेधाज्ञाका कारण काठमाडौंस्थित कालीमाटी तरकारी बजारको कारोबार ५० प्रतिशतले घटेको हो । 

    निषेधाज्ञा जारी हुनुभन्दा अघि दैनिक करिब ९ सय ५० मेट्रिक टन तरकारी भित्रिने गरेको कालीमाटी फलफूल तथा तरकारी बजारमा हाल ४ देखि ५ सय मेट्रिक टन मात्रै तरकारी आउने गरेको छ । 

    सामान्य अवस्थामा २ देखि ३ करोडको आर्थिक कारोबार हुने बजारमा अहिले तरकारी खरिद बिक्रिको कारोबार र मूल्यमा ५० प्रतिशत गिरावट आएपछि आर्थिक कारोबारमा पनि ह्रास आएको हो ।

    सामान्यतया तरकारी कम आउनेबित्तिकै बिक्री मूल्य बढ्ने भए पनि निषेधाज्ञाका कारण उपत्यका छोड्नेका संख्या बढेपछि उपभोक्ता घटेकाले तरकारीको मूल्यमा पनि गिरावट आएको हो ।

    सामान्य अवस्थाको तुलनामा निषेधाज्ञा जारी भएपछि कारोबारमा झण्डै ५० प्रतिशतले गिरावट आएको कालीमाटी फलफूल तथा तरकारी विकास समितिका सहायक कार्यकारी निर्देशक अर्जुन प्रसाद अर्यालले बताए। 

    समितिका अनुसार सर्वसाधरणलाई हिँडडुल गर्न सरकारले रोक लगाउनुको साथै तरकारी खरिद बिक्रीका लागि पनि निश्चित समय निर्धारण गरेपछि कारोबार घटेको हो । 

    अहिले कालिमाटी तरकारी बजारमा ६० प्रतिशत नेपाली उत्पादन र ४० प्रतिशत भारतीय उत्पादन आउने गरेको छ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij