Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सेना र प्रहरीलाई मेयर बालेनले भने– बहाल कर बुझाऊ 

सेना र प्रहरीलाई मेयर बालेनले भने– बहाल कर बुझाऊ 

  • 470
    SHARES
  • सेना र प्रहरीलाई मेयर बालेनले भने– बहाल कर बुझाऊ 

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेपाली सेना र नेपाल प्रहरीलाई बहाल कर तिर्नका लागि ताकेता गरेका छन् ।

    मेयर साहको निर्देशनमा महानगरको राजस्व विभागले नेपाल आर्मी, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई बहाल कर बुझाउन भन्दै पत्र लेखेको हो ।

    महानगरले ती कार्यालयहरूले आफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएकाले वडा कार्यालयमा बहाल कर बुझाउन पटक–पटक ताकेता गरे पनि नबुझाएको जनाएका छन् ।

    बहाल आम्दानीको विवरणसहित पत्र प्राप्त भएको १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गएर नियमानुसार बहाल कर र जरिवाना बुझाउन महानगरले भनेको छ ।

    तोकिएको मितिभित्र बहाल कर नबुझाए महानगरापलिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी बाँकी कर असूलउपर गर्न आवश्यक प्रक्रिया अघि बढाइने पत्रमा उल्लेख छ ।

    kathmandu-metro-1-768x1148_VecAaBZZ5e.jpg
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij