Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सिट बाँडफाँटमा गठबन्धन दलहरुबीच अझै जुटेन सहमति, भोलि पुनः बैठक बस्ने 

सिट बाँडफाँटमा गठबन्धन दलहरुबीच अझै जुटेन सहमति, भोलि पुनः बैठक बस्ने 

  • 414
    SHARES
  • सिट बाँडफाँटमा गठबन्धन दलहरुबीच अझै जुटेन सहमति, भोलि पुनः बैठक बस्ने 

    काठमाडौं । सत्तागठबन्धन आबद्ध दलहरु आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमतिको नजिक पुगेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धनको बैठकमा सिट बाँडफाँटका विषयमा द्विपक्षीय र त्रिपक्षीय छलफल भएको थियो । छलफलको विषय साँघुरिँदै गएको गठबन्धनको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए ।

    बैठकमा चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिबारेमा छलफल भएको बताइएको छ । दलहरुलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबै दललाई सम्मानजनक र न्याय हुनेगरी कार्यदलले सिट बाँडफाँटको खाका बनाएको छ ।

    कार्यदलले शीर्ष नेतृत्वलाई आज प्रतिवेदन बुझाउने भनिए पनि नेताहरुको व्यस्तताका कारण प्रतिवेदन बुझाउन नसकेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । उनले बैठकबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव राष्ट्रपति कार्यालय, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल छुट्टछुट्टै कार्यक्रमका लागि भनेर निस्केकाले शीर्ष नेताको बैठक बस्न नसकेको बताए । बैठक भोलि दिउँसो ३ बजे पुनः बस्ने र थप छलफल हुने भएको छ । 

    गठबन्धनमा आबद्ध दलहरुले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए । कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलले सिट बाँडफाँटका सम्बन्धमा हालसम्म विभिन्न चरणमा छलफल गरी सहमतिको नजिक पुगेको जनाएको छ ।

    कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् । 

    यसैगरी नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहाय प्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु पुरी र आनन्द शर्मा कार्यदल सदस्य रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij