Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

बाँकेमा डेंगुका संक्रमित बढ्दै

बाँकेमा डेंगुका संक्रमित बढ्दै

  • 363
    SHARES
  • बाँकेमा डेंगुका संक्रमित बढ्दै

    बाँके । बाँकेमा पछिल्लो समय डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । अहिलेसम्म जिल्लाका विभिन्न पालिकाका ११ जनामा डेंगु पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार ११ मध्ये ८ जना जिल्लाभित्रका छन् । बुधबार मात्रै नेपालगञ्जमा डेंगु संक्रमित दुई जनाको मृत्यु भएको छ ।

    संक्रमितमध्ये सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकाका पाँच, कोहलपुर नगरपालिकाका दुई र बैजनाथ गाउँपालिकाका एक जना छन् । अन्य तीन जना बुटवल र काठमाडौं आवतजावत गर्दा संक्रमित भएको पाइएको छ ।

    यस्तै भेरी अस्पताल नेपालगञ्जमा पनि डेंगु र भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ । अस्पतालका सूचना अधिकारी डा.संकेतकुमार रिसालले डेंगु र भाइरल ज्वरोका बिरामी बढ्दै गएको बताए ।

    ‘अस्पताल भरिभराउ छ, बिरामी धेरै छन्’, उनले भने । डा.रिसालले लामखुट्टेबाट बच्नु नै डेंगु संक्रमणबाट जोगिनु भएको उल्लेख गर्दै त्यसबाट बच्न लामखुट्टेको बासस्थान नै नष्ट गर्न आवश्यक भएको जानकारी दिए ।

    त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकामा डेंगु संक्रमित भेटिएपछि लामखुट्टेका लार्भा र फुल नष्ट गर्न थालिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij