Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

काबुलको विद्यालयबाहिर भएको बम विस्फोटमा मारिनेको संख्या ५८ पुग्यो 

काबुलको विद्यालयबाहिर भएको बम विस्फोटमा मारिनेको संख्या ५८ पुग्यो 

  • 676
    SHARES
  • काबुलको विद्यालयबाहिर भएको बम विस्फोटमा मारिनेको संख्या ५८ पुग्यो 

    काबुल । अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालयबाहिर भएका तीनवटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ५८ पुगेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार पश्चिम काबुलको सिया जिल्लाको शैयद उल सौहादा माध्यमिक विद्यालय बाहिर शनिबार अपराह्न ४ बजे भएको उक्त बिस्फोटमा अरु एक सय ५० भन्दा बढी व्यक्ति घाइते भएका छन् । 

    काबुल प्रहरीका प्रवक्ता फरदौस फरामर्जले एउटा बिस्फोटको प्रारम्भिक अवस्था हेर्दा कार बम बिस्फोटजस्तो देखिएको बताएका छन् । अन्य दुई वटा बिस्फोटन भने बारुदी सुरुङबाट भएको प्रवक्ता फरदौसले बताए । विद्यार्थीहरु विद्यालय छुट्टी भएर आआफ्ना घरतिर जानै लाग्दा बिस्फोट भएको छ ।

    अधिकांश पीडितहरु विद्यालयका केटाकेटी रहेको अनुमान गरिएको छ । बाटो हिँड्ने व्यक्तिहरुको पनि मृत्यु वा घाइते भएका प्रहरीको भनाइ छ । 

    अफगानिस्तानको सबैभन्दा ठूलो विद्रोही समूह तालिबान भने उक्त घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ । यस घटनामा इस्लामिक स्टेटको संलग्नता रहेको तालिबानको आरोप छ । 

    अफगानिस्तानका राष्ट्रपति मोहम्मद अश्रफ घानीले उक्त आक्रमणको निन्दा एवं भत्र्सना गरेका छन् । उनले घाइतेको उपचारको प्रबन्ध मिलाउन स्वास्थ्य अधिकारीहरुलाई निर्देशन पनि दिएका छन् ।  

    काबुलको विद्यालय क्षेत्रमा बम विस्फोट हुँदा विद्यार्थीसहित २५ को मृत्यु  काबुलको विद्यालय क्षेत्रमा बम विस्फोट हुँदा विद्यार्थीसहित २५ को मृत्यु 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij