Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

प्रतिनिधिसभा निर्वाचनमा पाँचथरबाट उम्मेदवारी दिने लिङ्देनको घोषणा

प्रतिनिधिसभा निर्वाचनमा पाँचथरबाट उम्मेदवारी दिने लिङ्देनको घोषणा

  • 303
    SHARES
  • प्रतिनिधिसभा निर्वाचनमा पाँचथरबाट उम्मेदवारी दिने लिङ्देनको घोषणा

    काठमाडौं । निर्माता तथा निर्देशक दिनेश लिङ्देनले पाँचथर जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    उनले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य पदका लागि पाँचथरबाट  उम्मेदवारी दिने भएका हुन् । पाँचथरमा एउटा मात्र प्रतिनिधिसभाको निर्वाचन क्षेत्र छ ।

    निर्माता तथा निर्देशक लिङ्देनले सीप-योग्यतालाई रोजगार, शिक्षामा सुधार, कृषिलाई बजार र विशेष प्राथमिकताका साथ स्वास्थ्य उपचार भन्ने मुख्य एजेन्डा लिएर पाँचथरबाट संघीय सांसदका लागि उम्मेदवारी दिने बताएका छन् ।

    लिङ्देन लामो समय नेकपा माओवादीको विभिन्न संगठनहरूको केन्द्रीय कमिटिमा रहेर काम गरिसकेका छन् ।

    उनले भने, ‘माओवादीलगायत अन्य सबै राजनीतिक दलका नेतृत्वहरू देश र जनताभन्दा पनि सत्ता र स्वार्थमा मात्रबढी केन्द्रित रहेकोले अब उनीहरूबाट कुनै सम्भावना छैन । पार्टीको कार्यकर्ताका नाममा राजनीति दास नभई त्योभन्दा माथि उठेर मुलुक परिवर्तनका लागि केही गर्ने उपयुक्त समय आएकोले उम्मेदवारी दिने घोषणा गरेको हुँ ।’

    उनले पाँचथरवासीका लागि निस्वार्थ भावसहित सांसद वा माननीय नभई एउट सेवक भएर काम गर्ने इच्छाशक्तिका साथ उम्मेदवारीको दिने घोषणा गरेको बताए ।

    उनले ‘रीत’, ‘शान्ति’, ‘अञ्जली’, ‘तलास’ लगायतका एक दर्जनबढी चलचित्र निर्देशन गरिसकेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij