Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

कुप्रीडाँडाका घर-घरमा बिजुली

कुप्रीडाँडाका घर-घरमा बिजुली

  • 338
    SHARES
  • कुप्रीडाँडाका घर-घरमा बिजुली

    सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका-१३ कुप्रीडाँडामा बिजुली पुगेको छ । बिजुली पुगेपछि वर्षौंदेखि टुकी बालेर बस्दै आएका स्थानीय खुशी भएका छन् ।

    कुप्रीडाँडामा नयाँ ट्रान्सफर्मर जडान गरिएपछि घर-घरमा बिजुली बत्ती बलेको हो । दुधौली नगरपालिका-१३ का वडाध्यक्ष दीपक खड्काले विद्युत् विस्तारपछि स्थानीयको दैनिकीमा सहजता आएको बताए ।

    विद्युत् विस्तारपछि सो वडाका झण्डै दुई सय परिवार लाभान्वित भएका छन् । चालु आर्थिक वर्षको प्रारम्भदेखि वडा नं-१३ को विद्युत् विस्तार थालिएको हो ।

    भौगोलिक विकटताका कारण एकैपटक वडाभरि विद्युत् विस्तार गर्न नसकिएको खड्काले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरण र स्थानीय सरकारले दुधौलीमा पछिल्लो विद्युत् विस्तार थालेको छ ।

    बाँकी रहेका अरुनडाँडा, पोखरी, च्यामालगायत क्षेत्रमा पनि विद्युत् विस्तारको पहल भइरहेको उनको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij