Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

टोल फ्रि राख्न दूरसञ्चारले दिएको निर्देशन सेवा प्रदायकले मानेन् 

टोल फ्रि राख्न दूरसञ्चारले दिएको निर्देशन सेवा प्रदायकले मानेन् 

  • 819
    SHARES
  • टोल फ्रि राख्न दूरसञ्चारले दिएको निर्देशन सेवा प्रदायकले मानेन् 

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई अनिवार्य रुपमा शुल्क नलाग्ने (टोल फ्री) नम्बर राख्न दिएको निर्देशनको कार्यान्वयन भएको छैन । प्राधिकरणमा आवद्ध भएका सेवाप्रदायक कम्पनीलाई गत असार १० गते पत्र पठाउँदै १५ दिनभित्र टोल फ्री नम्बरको व्यवस्थापन गर्न निर्देशन दिए पनि हालसम्म केहीले मात्र कार्यान्वयन गरेका छन् ।

    images

    प्राधिकरणको तथ्यांकअनुसार १ सय २८ वटा सेवाप्रदायक कम्पनीमध्ये हालसम्म ७५ वटा सेवाप्रदायक कम्पनीले मात्र टोल फ्री नम्बरको व्यवस्थापन गराएको प्रवक्ता सन्तोष पौडेल बताए । टोल फ्रि नम्बर उपलब्ध गराउनेमा नेपाल टेलिकम, बल्र्डलिंक, सुबिसुलगायतका ७५ वटा सेवा प्रदायक रहेका छन् । 

    उनका अनुसार निर्देशन दिएको दश महिना पूरा हुँदासमेत निर्देशन कार्यान्वयन नगर्ने सेवा प्रदायकलाई स्पष्टीकरण सोधेर कारबाही गर्ने तयारी भइरहेको छ ।

    इन्टरनेटको गुणस्तरबारे गुनासो गर्न वा मर्मतका लागि उपभोक्ताले सेवा प्रदायकलाई फोन गर्दा हाल शुल्क लाग्ने गुनासो गरेकोपछि नियामक निकाय प्राधिकरणले टोल फ्री नम्बरको व्यवस्था गर्न निर्देशन दिएको थियो ।

    प्राधिकरणमा दर्ता भएका १ सय २८ वटा कम्पनीमध्ये केही सेवाप्रदायक कम्पनीले भने कम्पनी नवीकरणसमेत गरेका छैनन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology