Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

प्रदेश २ प्रहरीले ७ सय अक्सिजन सिलिण्डर बरामद गरी बुझायो 

प्रदेश २ प्रहरीले ७ सय अक्सिजन सिलिण्डर बरामद गरी बुझायो 

  • 725
    SHARES
  • प्रदेश २ प्रहरीले ७ सय अक्सिजन सिलिण्डर बरामद गरी बुझायो 

    जनकपुर । कोरोना भाइरस संक्रमित बिरामी अहिले अक्सिजन नपाउने अवस्थामा पुगेका छन् । कोरोना संक्रमितको उपचार गर्ने अस्पतालले अक्सिजन र अक्सिजन भर्ने सिलिण्डरको अभाव झेलीरहेका छन् ।

    images

    केही दिनयता नेपाल प्रहरीले अन्य प्रयोजनमा प्रयोग भएको अक्सिजन सिलिण्डर नियन्त्रणमा लिने क्रम जारी राखेको छ । सोही क्रममा प्रदेश २ प्रहरीले अन्य प्रयोजनमा प्रयोग भएका सात सय वटा सिलिण्डर बरामद गरेको छ ।

    प्रदेश २ प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बरामद भएका मध्ये १३२ वटा भरी र ५६८ वटा खालि सिलिण्डर स्वास्थ्य प्रयोजनमा प्रयोग गराउने गरी अस्पताल, अक्सिजन प्लान्ट र आधिकारीक बिक्रेतालाई बुझाइएको बताए । 

    प्रदेश अन्तर्गतका विभिन्न उद्योग, कलकाखाना, कवाडी, ग्यास वेल्डिङ्ग, पसल तथा गोदामहरुमा स्टक गरी राखेको अक्सिजन सिलिण्डर प्रहरीको सक्रियतामा बरामद गरिएको हो । 

    स्वास्थ्य बाहेक अन्य प्रयोजनको लागि अक्सिजन सिलिण्डर स्टक राख्ने व्यक्ति तथा सम्बन्धित निकायलाई कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिलेको विषम परिस्थितिमा कसैले पनि अनावश्यक रुपमा अक्सिजन सिलिण्डर स्टक नराख्नसमेत प्रसाईंले अपिल गरे । अनावश्यक स्टक गर्नेमाथि प्रचलित कानुनअनुसार कारबाही हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology