Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

अमेरिकी सेनाले छोडेको हेलिकोप्टर तालिबानले उडाउन खोज्दा दुर्घटना, तीन जनाको मृत्यु

अमेरिकी सेनाले छोडेको हेलिकोप्टर तालिबानले उडाउन खोज्दा दुर्घटना, तीन जनाको मृत्यु

  • 533
    SHARES
  • अमेरिकी सेनाले छोडेको हेलिकोप्टर तालिबानले उडाउन खोज्दा दुर्घटना, तीन जनाको मृत्यु

    एजेन्सी, काबुल । अफगानिस्तानको राजधानी काबुलमा तालिबानले अभ्यास गर्ने क्रममा ब्ल्याक हक हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको तालिबान समूहको रक्षा मन्त्रालयले जनाएको छ ।

    ‘प्रशिक्षणमा रहेको अमेरिकी ब्ल्याक हक हेलिकप्टर नेसनल डिफेन्स युनिभर्सिटीको क्याम्पसभित्र प्राविधिक समस्याका कारण दुर्घटनाग्रस्त भएको छ,’ रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खोराजमीले भने, ‘दुर्घटनामा पाँच जना घाइते भएका छन् ।‘

    तालिबानले एक वर्षअघि अमेरिकामा निर्मित केही विमानहरू आफ्नो नियन्त्रणमा लिएको थियो । अमेरिकाले छोडेका कति हेलिकोप्टर सञ्चालित छन् भन्ने यकिन हुन सकेको छैन । अमेरिकी सेनाहरूले जानाजानी केही सैन्य हार्डवेयरलाई क्षति पु-याएका थिए र अफगान सेनाले मध्य एसियाली राष्ट्रहरूमा केही हेलिकप्टरहरू उडाएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij