Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

महिला लघुवित्तको शेयर मूल्य ह्वात्तै घट्यो 

महिला लघुवित्तको शेयर मूल्य ह्वात्तै घट्यो 

  • 1.4K
    SHARES
  • महिला लघुवित्तको शेयर मूल्य ह्वात्तै घट्यो 

    काठमाडाैं । आइतबार शेयर बजार ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा शेयर बजार १८ अंकले घटेको हो । कारोबार बन्द भएपछि सो अंकको गिरावटसँगै परिसूचक २६१८ अंकमा कायम भएको छ । 
     
    आइतबार विशाल बजार कम्पनीका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् भने महिला लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत नै गुमाएका छन् । ५ हजार नाघेको कम्पनीको मूल्य आज ५ हजार ५२७ रुपैयाँमा कायम भएको छ ।  

    त्यस्तै समता घरेलु लघुवित्त र रुरु जलविद्युत आयोजनाका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत मूल्य कमाएका छन् । आइतबार भएको ६ अर्ब १४ करोड रुपैयाँको शेयर कारोबारमा बैंकिङ समूहमा जम्मा ०.२८ अंक मात्रै घटेको छ । 

    ब्यापार ६१, होटल तथा पर्यटन ४१, विकास बैंक १, जलविद्युत ३४, फाइनान्स १२, निर्जीवन बीमा ३१, उत्पादन ९२, अन्य २७, माइक्रोफाइनान्स ९७ र जीवन बीमा समूह १४७ अंकले घटेका छन् ।

    सिंगटी हाइड्रोको मूल्य साढे ९ प्रतिशतले घटेको छ भने कम्पनीको मूल्य प्रतिकित्ता ६ हजार ४५ रुपैयाँमा झरेको छ । 

    आइतबार कारोबारका आधारमा एनसिसी र कुमारी बैंक अग्रस्थानमा रहेका छन् । ती कम्पनीको २८-२८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी हिमालयन डिस्टिलरीको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

  • सम्बन्धित विषय:

  • # शेयर

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology