वेबटिभी खबर
मोरङ । नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले कांग्रेसको गढमा गठबन्धनका नाममा अन्यलाई टिकट दिन नहुने बताएका छन् ।
कांग्रेस क्षेत्र–६ मोरङको बुढीगंगामा आइतबार आयोजित प्रशिक्षण कार्यक्रममा डा.कोइरालाले अन्यलाई टिकट दिन नहुने बताएका हुन् ।
त्यसैगरी उनले पार्टीले गठबन्धनमा चुनाव लडेर बहुमतको सरकार बनाउने निर्णयलाई कसैले पनि लत्याउन नमिल्ने बताए ।
बहुमतसहितको सरकार बनाउन ७०–८० सिट लिएर नहुने कोइरालाकाे भनाइ छ ।
उनले बहुमतको सरकार बनाउन र पार्टीमा विद्रोह हुन नदिन सय सिट कांग्रेसले पाउनुको विकल्प नरहेको बताए ।
‘गठबन्धनमा चुनाव लडेर जित सुनिश्चित हुने ठानेर अहिले उम्मेदवार बन्ने सूचीमा नाम लेखाउनेको भीड छ,’ उनले भने, ‘गठबन्धनले कसैलाई जिताउँछ भन्नेमा कसैलाई पनि विश्वास छैन र हामीलाई पनि विश्वास छैन ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij