Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सुनको मूल्य ३०० रूपैयाँले घट्यो

सुनको मूल्य ३०० रूपैयाँले घट्यो

  • 374
    SHARES
  • सुनको मूल्य ३०० रूपैयाँले घट्यो

    काठमाडौं । सुनको मूल्य सोमबार तोलामा ३०० रूपैयाँले घटेको छ ।

    आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० रहेकोमा सोमबार ३०० रूपैयाँले घटेर ९३ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यसैगरी  तेजाबी सुनको मूल्य तोलामा ९२ हजार १०० रूपैयाँ रहेको छ । आइतबार तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ४०० रूपैयाँ रहेको थियो ।

    सुनको मूल्य घटे पनि सोमबार पनि चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य भने लगातार तेस्रो दिनदेखि स्थिर रहँदै आएको छ ।

    महासंघले सोमबार चाँदीको मूल्य तोलामा १ हजार १५० रुपैयाँ रहेको जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij