Logo

२०७९, आश्विन १३ गते बिहिवार

२०७९, आश्विन १३ गते बिहिवार

बालविकास कक्षा, शिक्षक र सरकार

बालविकास कक्षा, शिक्षक र सरकार

  • 3.5K
    SHARES
  • बालविकास कक्षा, शिक्षक र सरकार

    इसीडी कक्षाका बालबालिकाले सबैभन्दा बढी सिक्ने भनेको मनोरञ्जनात्म मायालु वातावरणमा हो । इसीडी कक्षामा बालबालिकाकाे चौतर्फी विकास गराइन्छ ।

    बालबालिका बालविकास कक्षामा आउँदा धेरै सिकेका हुँदैनन् । बालविकास कक्षामा बालबालिकालाई पढाउने होइन मस्तिष्क विकास गराउने हो अर्थात् थप जान्ने बनाउने हो ।

    बालबालिकालाई बालकथा, बालभिडियो, बालकविता, बालगीत, चित्र, पोस्टर, विषयवस्तुमा आधारित  शैक्षिक  सामाग्री  अभिनय  आदि माध्यमबाट  सिकाउँदा ९० प्रतिशत कुरा सिकेका हुन्छन् भन्ने मेराे अनुभव छ ।

    प्रारम्भिक बालविकास केन्द्रमा गरिने खर्च दायित्व र लगानी दुबै हाे । देशमा धेरै कुराको विकास भयो तर विद्यालयको जग प्रारम्भिक बालविकास कक्षा र बालशिक्षकको विकास भएन ।

    विद्यालयको जग एसइई हाेइन, बालविकास कक्षा हाे । बालविकासमा पढ्ने बालबालिकाका लागि सोच्नुपर्छ । प्रारम्भिक बालविकासमा पढाउने शिक्षकलाई विभेदपूर्ण व्यवहार राज्यबाट भइरहेको अनुभूति हुन्छ । समान व्यवहार गर्नुपर्छ ।

    विद्यालयको जग बालविकासका लागि जबसम्म सोचिन्न तबसम्म शैक्षिक नतिजा राम्रो हुन्न । राज्यले राम्रो लगानी गर्नुपर्छ र सोअनुसारको नतिजा नआए शिक्षकलाई सचेत गराउनुपर्छ ।

    मुहानबाटै धमिलो पानी आएको छ भने धारामा सफा पानीको आश गर्नुहुन्न । सबै मिलेर मुहान सफा गरियो भने धारामा पनि सफा, शुद्ध पानी नै आउँछ । संघीय, प्रदेश र स्थानीय सरकारले बालविकास कक्षातर्फ ध्यान दिए अवश्य शिक्षाको जग बलियो हुन्छ ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology