Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

विद्यालय कर्मचारीकाे मागसहितकाे पत्र अर्थ मन्त्रालयमा

विद्यालय कर्मचारीकाे मागसहितकाे पत्र अर्थ मन्त्रालयमा

  • 7.2K
    SHARES
  • विद्यालय कर्मचारीकाे मागसहितकाे पत्र अर्थ मन्त्रालयमा

    काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले अघि सारेका मागसहितको पत्र अर्थ मन्त्रालयमा पुर्‍याइएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मागको क्याल्क्युलेशन गरेर अर्थ मन्त्रालयमा पत्र पठाउने भनेको थियो । तर आइतबारसम्म पनि पत्र नपठाउँदा परिषद्का अध्यक्ष गंगाराम तिवारीसहितको टोली आफैंले आइतबार नै शिक्षाबाट अर्थ मन्त्रालयमा पत्र पुर्‍याएको हो ।

    अध्यक्ष तिवारीले भने, ‘अर्थ मन्त्रालयमा पुग्दा भदौ २३ गतेको परिपत्र आज (आइतबार) हामी पुग्दा पनि भेटट्टाउन सकिएन । त्यसपछि तुरुन्तै शिक्षा मन्त्रालय पुगेर अर्थमा सहमतिका लागि पठाउने पत्र चलानी नम्बर ४७ को म सँगै सबै साथीहरूले अर्थ मन्त्रालयमा पुर्‍याउने काम गर्‍यौं । पुनः त्यो पत्रलाई सम्बन्धित फाँटमा दर्ता गराइ अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख उमेश श्रेष्ठको कार्यकक्षमा लगि बुझाउने काम गर्‍यौं ।’

    विद्यालय कर्मचारीले उठाएका माग अर्थ (पैसा) सँग जोडिएका कारण अर्थ मन्त्रालयले पत्र अध्ययन गरी उचित निर्णय गर्नेछ । तर अर्थ मन्त्रालयले कहिले निर्णय गर्छ त्यो यकिन भैसकेको छैन ।

    मागहरू

    karmacharika magaharu.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij