Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

अजिगरा तालको संरक्षण नहुँदा लोप हुने अवस्थामा

अजिगरा तालको संरक्षण नहुँदा लोप हुने अवस्थामा

  • 355
    SHARES
  • अजिगरा तालको संरक्षण नहुँदा लोप हुने अवस्थामा

    कपिलवस्तु । संरक्षणको अभावमा अजिगरा ताल अतिक्रमणको चपेटामा पर्दै गएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं-६ र ७ मा रहेको अजिगरा ताल संरक्षण नगरिदा संकटमा पर्दै गएको हो ।

    ऐतिहासिक प्राकृतिक ताल संरक्षण र सम्वर्द्धनको अभावका कारण घाँसे मैदानमा परिणत हुँदै गएको छ । करिब ३० बिघा क्षेत्रफलमा फैलिएको तालमा स्थानीयले संरक्षण नगर्दा माटोले पुरिएर अस्तित्व नै लोप हुने अवस्थामा छ ।

    ताल संरक्षणका लागि भरपर्दो टेवा पर्खालको व्यवस्था नहुँदा ताल पुरिँदै गएको कर्मा गाउँका कमलेशचन्द्र गुप्ताले  बताए । ताल संरक्षणका लागि कृष्णनगर नगरपालिका कार्यालयमा आवश्यक बजेटका लागि माग गर्दासमेत सुनवाइ हुन नसकेको गुप्ताको भनाइ छ ।

    ताल अतिक्रमण हुन थालेपछि सो क्षेत्रमा रहेका जलपन्छी, माछाका प्रजाति, कछुवा र अजिंगरसमेत बासस्थानको अभावमा लोप हुने थालेका छन् । सम्बन्धित निकायबाट तालको संरक्षण हुन नसक्दा चारैतिरबाट घाँसले भरिभराउ हुन थालेपछि ताल अहिले घाँसे मैदानमा परिणत हुँदै गएको हो ।

    तालको संरक्षणका लागि सरकारले बाध बाधेर सिँचाइको लागि प्रयोग गर्न सकिने स्थानीय प्रतिमा विश्वकर्माले बताए । जैविक विविधता संरक्षण, पर्यटकीय हिसाबले रमणीय र अध्ययन अनुसन्धानका दृष्टिकोणले उचित रहेकाले ताल संरक्षण गर्नुपर्ने विश्वकर्माको माग रहेको छ ।

    तालमा विभिन्न प्रकारका स्थानीय माछाका प्रजाति, जलचर प्राणी, बकुल्ला, हाँस, चखेवालगायत हिँउदमा पाइने सारस चरा रहेका बताइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij