Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

वनमन्त्री यादव र राजदूत अहमदबीच भेटवार्ता

वनमन्त्री यादव र राजदूत अहमदबीच भेटवार्ता

  • 335
    SHARES
  • वनमन्त्री यादव र राजदूत अहमदबीच भेटवार्ता

    काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादव तथा नेपालका लागि इजिप्टकी राजदूत नोहाहाम्दी अहमदबीच आज मन्त्रालयमा भेटवार्ता तथा छलफल भएको छ ।

    उनीहरू बीच जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप-२७) मा नेपालको सहभागिता र सो सम्मेलनसँग सम्बन्धित अन्य समसामयिक विषयमा छलफल भएको हो ।

    जलवायु सम्बन्धी उक्त राष्ट्रसंघीय सम्मेलन कोप-२७ इजिप्टको शर्म-अल-शेखमा २०२२ नोभेम्बर ७ देखि १८ सम्म आयोजना हुँदैछ । सो सम्मेलनमा नेपालले पनि सहभागिता जनाउँदैछ ।

    भेटका क्रममा राजदूत अहमदले कोप-२७ मा सहभागिताका लागि मन्त्री यादवलाई आग्रह गरेकी थिइन् । मन्त्री यादवले कोप-२७ मा नेपालका तर्फबाट एक उच्चस्तरीय टोली सहभागी हुने र त्यसका लागि तयारी भइरहेको जानकारी राजदूतलाई गराएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij