Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

 नेपाल पक्षले छोडेन बटमलाइन, ओलीलाई दियो सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम 

 नेपाल पक्षले छोडेन बटमलाइन, ओलीलाई दियो सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम 

  • 721
    SHARES
  •  नेपाल पक्षले छोडेन बटमलाइन, ओलीलाई दियो सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम 

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले सहमतिका लागि अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ ।

    images

    आइतबार बसेको नेपाल समूहको सांसदहरूको बैठकले अध्यक्ष ओलीलाई सोमबार बिहान ९ बजेसम्‍मको अल्टिमेटम दिएको पार्टीका प्रचार विभाग उपप्रमुख योगेश भट्टराईले बताए । 

    ‘बैठकले पार्टी एकता जोगाउने जिम्मेवारी अध्यक्षको रहेको निष्कर्ष निकाल्दै सोमबार बिहान ९ बजेसम्मको समय दिएको छ । उहाँले केही नगरेको अवस्थामा सांसदहरूलाई साढे ९ बजे संसद सचिवालयमा उपस्थित हुन भनिएको छ,’ भट्टराइले भने । 

    नेपाल समूहले २ जेठ ०७५ कै अवस्थामा पार्टीलाई ब्युँताउनु पर्ने आफ्नो बटमलाइन पूरा गरेमात्रै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology