Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

विकासका नाममा प्रकृति विनाश हुन दिनुहुँदैन : मुख्यमन्त्री राउत

विकासका नाममा प्रकृति विनाश हुन दिनुहुँदैन : मुख्यमन्त्री राउत

  • 308
    SHARES
  • विकासका नाममा प्रकृति विनाश हुन दिनुहुँदैन : मुख्यमन्त्री राउत

    धनुषा । मुख्यमन्त्री लालबाबु राउतले मानव विकासको अन्तिम लक्ष्य नै खुसी र सुखी जीवन नै रहेको बताएका छन् ।

    जनकपुरधाममा सोमबार आयोजित मानव विकास प्रतिवेदन, २०२१/२२ सार्वजनिकीकरण कार्यक्रममा उनले विश्व जगत् विकासमा फड्को मार्दै गए पनि मानव जीवन अस्तव्यस्त हुँदै जानु चिन्ताको विषय भएको बताए ।

    प्रत्येक आठ जनामा एक जना मानसिक तनावमा रहेको तथ्याङ्क प्रतिवेदनले प्रष्ट्याएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले विकास निर्माणका नाममा प्रकृति विनाशको क्रम बढेको हुनाले यसलाई रोक्नु अपरिहार्य भएको बताए ।

    उनले भने ‘भौतिक विकासमात्रै विकास होइन,समाजिक रुपान्तरण र पर्यावरण संरक्षणसहितको विकाको मूल लक्ष्य हुनुपर्छ ।’ मानव विकास प्रतिवेदनले औँल्याएका विषयवस्तु सरकारलाई अगामी नीति निर्माणमा सहायक हुने उनको भनाइ थियो ।

    मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको अध्यक्षतामा भएको कार्यक्रममा नीति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा, मधेस कृषि विश्वविद्यालयका रजिष्ट्रार डा भगवान् ठाकुर, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता  थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij