वेबटिभी खबर
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्शुले उच्चस्तरीय भेटवार्ता गरिरहँदा काठमाडौंको ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त बनेको छ ।
उच्चस्तरीय भेटघाट मंगलबार बिहानदेखि सुरु गरेसँगै सर्वसाधारणले जताततै सवारी जाम झेलेका छन् ।
नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका उनले मंगलबार बिहान सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । नयाँबानेश्वरस्थित संसद् भवनमा चान्सुले प्रचण्डलाई भेटेका हुन् ।
त्यस्तै संसद् भवनमै उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् । उनले मंगलबार बिहानै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि भेटेका थिए ।









Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij