Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

नेपालले २२ टन राहत सामाग्री पाकिस्तानलाई दियो

नेपालले २२ टन राहत सामाग्री पाकिस्तानलाई दियो

  • 249
    SHARES
  • नेपालले २२ टन राहत सामाग्री पाकिस्तानलाई दियो

    काठमाडौं । नेपालले मानविय सहायता स्वरुप २२ टन राहत सामाग्री मंगलबार पाकिस्तानलाई हस्तान्तरण गरेको छ ।

    images

    परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालले ती सामाग्री पाकिस्तानको कराँची गई सिन्ध प्रान्तका समाज कल्याणमन्त्री साजिद जोखियोलाई हस्तान्तरण गरेकी हुन् ।

    पछिल्लो दिनमा बाढीले पाकिस्तानका ठूलो जनधनको क्षति गरेपछि नेपालले उक्त राहत सामाग्री पठाएको हो ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पाकिस्तानलाई २ करोड रुपैयाँ बराबरको मानविय सहायता उपलब्ध गराउने निर्णय गरेको थियो ।

    सोही निर्णय वमोजिम आज २२ टन सामाग्री पाकिस्तानलाई हस्तान्तरण गरिएको हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology