Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बल्कोट पौवा संरक्षणको पर्खाइमा

बल्कोट पौवा संरक्षणको पर्खाइमा

  • 328
    SHARES
  • बल्कोट पौवा संरक्षणको पर्खाइमा

    अर्घाखाँची । अर्घाखाँचीको बल्कोट पौवामा काठमा विभिन्न आकृतिका चित्र कोरिएका छन् । राणा प्रधानमन्त्री जंगबहादुर राणाको पालामा तत्कालिन कर्नेल सनदसिंह टण्डनको नेतृत्वमा बल्कोट पौवा निर्माण गरिएको बताइन्छ ।

    कालिगढले अत्यन्त आकर्षक शैलीमा निर्माण गरेको पौवाभित्र शिवालय, मठ मन्दिरसमेत छन् । १९०४ मा निर्माण सुरु गरी १० वर्ष लगाएर पौवा तथा मन्दिर निर्माण गरिएको संस्कृतिविद् डा.गोविन्द टण्डनले बताए ।

    जंगबहादुर राणाका जेठानसमेत रहेका सनकसिंह टण्डनले आफ्ना बुबा पर्शुरामको आग्रहमा मन्दिर तथा पौवा निर्माण गरेको इतिहास छ । टण्डन परिवारले निर्माण गरेको सनकसिंह टण्डनको शालिकको एक कार्यक्रमबीच अनावरण गरिएको छ ।

    आकर्षक बल्कोटको पौवा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा पर्ने ऐतिहासिक पौवामा दिनहुँ जसो कार्यक्रम भइरहने भएपनि यसको संरक्षणमा कसैको ध्यान जान सकेको छैन् ।

    आफ्ना पूर्खाको इतिहास रहेको पुण्यभूमिममा शालिक अनावरण गर्न पाउँदा खुशी लागेको नेपाली कांग्रेसका लुम्विनी प्रदेशस सदस्य तथा समाजसेवी डा. जयबहादुर टण्डनले जानकारी दिए ।

    केही वर्ष अघिसम्म मन्दिरको संरक्षण गर्ने, फूलपाती टिप्ने, कोइला लैजाने, लिपपोत गर्ने, दैनिक बिहान बेलुका बाँजा बजाउनेसमेतको व्यवस्था थियो । अहिले  दैनिक पूजाआजा भइरहेको र संरक्षण तथा प्रवर्द्धनमा समितिले काम गरिरहको छ ।

    जंगबहादुरको न्वारन भएको स्थानकोरूपमा चिनिने यस पौवाको संरक्षणमा सरकारको ध्यान जान जरूरी रहेको पर्शुरामेश्वर मन्दिर तथा बल्कोट पौवा संरक्षण समितिका अध्यक्ष राजेश पन्थीले बताए ।

    कर्नेल सनदसिंहको पालामा बल्कोटको पौवा, मथुराको पौवा, पाल्पा र गुल्मीको सिमानामा रहेको मनवाक पौवा, ऋणिको बगैंचा, पाल्पा अर्गलीको बगैंचा, जोर्तको पौवा र गौमुखी धारा निर्माण गरिएका थिए ।

    बल्कोटको पौवा, मन्दिर र गुठी संरक्षण गरी प्रचार-प्रसार गर्ने उद्देश्यले २०६६ सालमा डा.गोविन्द टण्डनको नेतृत्वमा पण्डित दिनबन्दु पोखरेलको प्रवचनमा महायज्ञसमेत लगाइएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij