वेबटिभी खबर
काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडानम्बर-१३ सिरूबारीलाई जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको छ ।
५८औं राष्ट्रिय बाल दिवसको अवसरमा बुधबार उक्त वडालाई बालमैत्री वडा घोषणा गरिएको हो ।
विभिन्न ५१ वटा सुचक पूरा गरेपछि वडालाई बालमैत्री घोषणा गरिएको वडाअध्यक्ष रामप्रसाद गौतमले बताए ।
सबै सुचकमा न्युनतम ८० वा त्यो भन्दामाथि अंक प्राप्त गरेपछि बालमैत्री वडा घोषणा गरिएको उल्लेख छ ।
नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा ०७६ को उद्देश्यअनुसार उक्त वडा बालमैत्री घोषणा भएको हो ।
नगरपालिकाले आर्थिक वर्ष २०७८/०८९ मा पनि नगरका कम्तिमा दुई वडा बालमैत्री वडा घोषणा गर्ने योजनाअनुसार १३ नम्बर वडा पहिलो भएको हो ।
२०७६ सालपछि बालबालिकामा हुने कुनै पनि प्रकारको अमानवीय घटना देखा नपरेको वडाको तथ्यांक छ ।
वडा बालसंरक्षण समितिका अनुअसार वडामा बालविवाहमा न्यूनिकरण तथा आर्थिक वर्ष २०७८/०७९ मा कुनै पनि बालविवाहको घटना भएका छैनन् ।
चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले बालमैत्री वडा घोषाणा गरेका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij