Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

आर्थिक रूपान्तरणको लागि सहकारी आवश्यकता छ : नेता नेपाल

आर्थिक रूपान्तरणको लागि सहकारी आवश्यकता छ : नेता नेपाल

  • 346
    SHARES
  • आर्थिक रूपान्तरणको लागि सहकारी आवश्यकता छ : नेता नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक रूपान्तरणका लागि सहकारीको आवश्यकता रहने बताएका छन् ।

    समाजवादी सहकारी नेपालको घोषणा कार्यक्रममा आज नेता नेपालले गाउँ-गाउँमा रहेको साना पुँजीलाई एकीकृत र परिचालन गरी आर्थिक रूपान्तरणका लागि सहकारीको ठूलो योगदान रहने बताएका हुन् ।

    नेता नेपालले भने, ‘पछिल्लो समय सहकारीको नाममा ठगी गर्ने गिरोह बढिरहेकाले त्यसलाई अनुगमन गरी कारबाहीको प्रक्रियामा ल्याउनुपर्छ ।’ हाल देशमा करिब ३५ हजार सहकारी रहेको जानकारी दिँदै उनले भने, ‘जसमा ८७ लाखभन्दा बढी मानिस कुनै न कुनै रूपबाट जोडिएका छन् ।’

    पछिल्लो समय सहकारी क्षेत्रमा देखापरेका विकृतिको पहिचान गरी सकारात्मक तरिकाबाट अघि बढ्नु अहिलेको चुनौती रहेकोमा उनले बताए । सहकारीले जनतालाई संगठित गर्न सफल भएजस्तै त्यसको प्रभावकारी अनुगमन गर्न पनि त्यत्तिकै आवश्यकता रहेको छ ।

    संस्थाका अध्यक्ष नवराज अर्यालले समाज रूपान्तरणको बलियो आधार सहकारी रहेको बताए । संस्थामा आजनै ७७ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij