Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

  • 464
    SHARES
  • संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ ।

    बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रियसभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आव २०७७-०७८’  बैठकमा पेस गर्ने सम्भावित कार्यसूची छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने छन् । 

    राष्ट्रियसभाको बैठक भने दिउँसो १ बजे बस्दैछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij