वेबटिभी खबर
काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले काठमाडौं महानगरका मेयर बालेन्द्र साह 'बालेन' को कार्यशैलीकाे प्रशंसा गरेका छन् ।
महानगरलाई व्यवस्थित गर्ने, मृतप्राय: बनेका नदीलाई पुनर्जीवन दिने जस्ता कार्य प्रशंसनीय रहेको उनले बताएका छन् ।
डा.भट्टराईले प्रशंसासँगै सुझाव पनि दिएका छन् । फुटपाथ व्यवसायलाई व्यवस्थित गर्नका लागि निश्चित ठाउँ र समय तोक्न भनेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘काठमाण्डौं मनपालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयरका पहल प्रशंसनीय छन् । फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन् । अतः निश्चित ठाउँ र समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ ।'
जय नेपाल हल परिसरमा टुकुचा खोला भेटियाे
काठमाण्डौ मनपालाई व्यवस्थित गर्ने,मृतप्रायःबनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर@ShahBalenका पहल प्रशंसनीय छन्!फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ।तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउॅमा व्यवसाय गर्न बाध्य हुन्छन्!अतःनिश्चित ठाउॅ /समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ!
— Baburam Bhattarai (@brb1954) September 16, 2022
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij